काठमाडौंस्थित बीएसआर मूभिजले बाङलुङमा आफ्नो फ्रेन्चाइजी विस्तार गरेको छ। बागलुङमा दुई स्क्रिनको मल्टिप्लेक्स संचालनमा गर्दै फ्रान्चाइजी विस्तार गरेको हो।
यी पर्दाहरूको दर्शकक्षमता क्रमशः २२६ तथा २०६ रहेको छ। यसै स्थानमा रहेको पूजाहललाई पुननिर्माण गरेर आधुनिक मल्टिप्लेक्स बनाइएको हो।
यस हलमा दर्शकले थ्रिडी सिनेमाको समेत मजा लिन सक्नेछन्। यस सिनेमा हलमा टिकटदर ३०० रूपैयाँ तोकिएको छ।
त्यसैगरी हलले बिहानी शोका साथै मंगलबार र बुधबार हेर्ने दर्शकलाई सहुलियतको व्यवस्था गरेको छ जसअनुसार दर्शकले यी दिनमा १५० रूपैयाँमे सिनेमा हेर्नै पाउनेछन्।
बुधबार बरिष्ठ निर्देशक नीर शाहले हल शुभारम्भ गर्दैछन् । शुक्रबारदेखि व्यवसायिक प्रदर्शन थाल्ने जनाइएको छ।