कोरोना भाइरस महामारीका कारण दुई दशकमा पहिलोपटक संसारभर वैकल्पिक उर्जाको उत्पादन घट्ने भएको छ। इन्टरनेशनल इनर्जी एजेन्सीले तर अर्को वर्षदेखि फेरि बढ्ने विश्वास लिएको छ।
अहिले उत्पादन भइरहेकै पूर्वाधाबार उत्पादन हने उर्जाको खपत नहुने अवस्थामा थप उत्पादनका लागि प्लान्ट तयार नहुने एजेन्सको विश्वास छ। घरायसी तथा औद्योगिक खपत घट्ने भएकाले निर्माणाधिन आयोजना पनि धकेलिने सम्भावना रहेको छ।
एजेन्सीका अनुसार यो वर्ष १६७ गिगावाट्स नविकरणीय उर्जा उत्पादन हुने छ। यो अघिल्लो वर्षको तुलनामा १३ प्रतिशत न्यून हो। उत्पादन क्षमता पनि अघिल्लो वर्षको तुलनामा ६ प्रतिशतले विस्तार हुने छ।