चालु आर्थिक वर्ष २०८१/८२ मा ४.६१ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरिएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले आयोजना गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिक कार्यक्रममा यस्तो जानकारी दिइएको हो।
गत आर्थिक वर्ष २०८१/८१ आर्थिक वृद्धिदर ३.३६ प्रतिशत रहेको संशोधित तथ्यांक छ। साे आर्थिक वर्ष आर्थिक वृद्धिदर ३.८७ प्रतिशत भएको प्रारम्भिक अनुमान थियो।
२०८१/८२ मा नेपालको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब पुग्ने प्रारम्भिक अनुमान गरिएको छ।
गत आवको अन्त्यमा नेपालको अर्थतन्त्रको आकार ५७ खर्ब ४ अर्ब रहेको संशोधित अनुमान छ।
यसअघि गत आवको अन्त्यमा नेपालको अर्थतन्त्रको आकार ५७ खर्ब ९ अर्ब हुने प्रारम्भिक अनुमान गरिएको थियो।