सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा आगामी दशकलाई आन्तरिक रोजगारी दशकका रूपमा मनाउने उल्लेख गरेको छ।
आगामी आर्थिक वर्षकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्ताे बताएका हुन्।
सरकारले दक्ष जनशक्ति पलायन रोक्न पहल समेत गर्ने बताए। देशभित्रै उद्यमशीलता विकास गर्ने सरकारले नीति लिएकाे छ।
त्यस्तै, रोजगारी तथा ज्याला रोजगारी दुवैका माध्यमबाट आन्तरिक रोजगारी सिर्जना गरिनेछ। वैदेशिक रोजगारीलाई सुरक्षित व्यवस्थित र मर्यादित बनाइने पनि उल्लेख छ।
श्रमिकहरूलाई सामाजिक सुरक्षा अनिवार्य गरिने विषयलाई सरकारले नीति तथा कार्यक्रममा निरन्तरता दिएको छ।