सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममार्फत विद्यमान शिक्षा पद्धतीलाई आधुनिक र विज्ञान प्रविधिमैत्री र अनुसन्धान अन्वेषण लक्षित बनाउने भएको छ।
विद्यालय शिक्षालाई प्राविधिक तथा व्यवसायिक शिक्षामा विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याइने नीति सरकारले अघि सारेको हो।
सबै बालबालिकाले आधारभूत शिक्षा पाउने व्यवस्था मिलाउने राष्ट्रपति रामचन्द्र पौडेलले बताए।
राष्ट्रिय शैक्षिक सुधार कार्यक्रमलाई राष्ट्रिय शैक्षिक सुधार कार्यक्रमका रूपमा सुदृढीकरण गरिने पनि सरकारले नीति अघि सारेको छ।