सरकारले हरेक वर्षकाे फागुन महिनालाई नसर्ने राेग परिक्षण (स्क्रिनिङ) महिना घाेषणा गर्ने बताएकाे छ।
राष्ट्रपति रामचन्द्र पाैडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा यस्ताे बताएका हुन्। उनले हरेक वर्षकाे फागुन महिनालाई नसर्ने राेग स्क्रिनिङ महिना घाेषणा गरी कार्यक्रम सञ्चालन गर्ने बताएका छन्।
त्यस्तै, सातै प्रदेशमा सघन जलन उपचार र मुटु रोग सेवा विस्तार गरिने पनि बताएका छन्।
सरकारले दुगर्म क्षेत्रमा विशेषज्ञ सेवा सञ्चालन गर्ने नीति लिएकाे छ।