तीन तहका सरकार र खेल संघको सहयोगमा स्पोर्टस स्कुल कार्यक्रम सञ्चालन गर्ने सरकारले घोषणा गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा आगामी आर्थिक वर्ष २०८२/८३ को लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममा यस्तो बताइएको हो।
रंगशाला लगायतका पूर्वाधार निर्माणमा तीन तहका सरकार र निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न कानुनी व्यवस्था मिलाइने भएको छ।
खेलकुदलाई निजी क्षेत्रको सामाजिक उत्तरदायित्व कार्यक्रमसँग जोड्ने सरकारी योजना छ।
युवालाई आर्थिक र सामाजिक रूपान्तरणको प्रमुख बाहकका रूपमा परिचालन गरिने, युवामा स्वयमसेवी भावना विकास गरिने भएको छ।
युवाहरूको शारिरीक र मानसिक सन्तुलनको लागि नियमित खेलकुद सञ्चालन र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलकुद प्रतियोगिता आयोजना गरिने भएको छ।