सरकारले रैथाने बाली प्रवर्द्धन गर्ने नीति लिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा यस्तो बताएको हुन्।
उनले स्थानीय तहको समन्वयमा रैथानेबालीको प्रवर्द्धन गर्ने बताएका हुन्।
निर्वाहमूखी कृषिलाई आधुनिक र व्यवसायमूखी बनाउँदै कृषि उपजमा देशलाई आत्मनिर्भर तुल्याउन यान्त्रिकीकरण तथा विशिष्टीकरण गरिने सरकारकाे नीति छ।
कृषिमा युवालाई आकर्षित गराउन भूमि कृषि सामग्री खरिद सम्झौता र बजारको बलियो इको सिस्टम कायम गरिने छ।
कृषिको क्षेत्रको जुनसुकै विधामा उद्यम गर्न चाहनेलाई यस प्रणालीमा आबद्ध गरी पाइलट प्रोजेक्ट सुरू गरिने छ।
भूमी बैंक मार्फत जमिनको उपलब्धता सुनिश्चितता गर्दै परियोजनालाई नै धितोका रूपमा राखी स्थानीय वित्तिय संस्था मार्फत वित्तिय र अन्य सामग्रीको व्यवस्था गरिने छ।
परियोजना बीमा मार्फत आकस्मिक क्षतिबाट समर्थन मूल्यमा आधारित अग्रिम कृषि उपज खरिद सम्झौता गरी व्यवसायिक जोखिमको सम्बोधन र बजारको सुनिश्चितता गरिनेछ।