सरकारले अन्तर्राष्ट्रिय पदक प्राप्त गर्ने खेलाडी र उनीहरूको सन्तानलाई अध्ययनको लागि छात्रवृत्तिको व्यवस्था गर्ने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा आगामी आर्थिक वर्ष २०८२/८३ को लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममा यस्तो बताइएको हो।
त्यस्तै, सरकारले युवालाई आर्थिक र सामाजिक रूपान्तरणको प्रमूख बाहकका रूपमा परिचालन गरिने, युवामा स्वयमसेवी भावना विकास गर्ने भएको छ।
युवाहरूको शारीरिक र मानसिक सन्तुलनको लागि नियमित खेलकुद सञ्चालन र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलकुद प्रतियोगिता आयोजना गरिने भएको छ।