सरकारले आवास कम्पनी मार्फत व्यवस्थित आवास तथा जग्गा विकास कार्यक्रम अघि बढाइने बताएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा यस्तो बताएका हुन्।
उनले सहरी पूर्वाधारको लागि थप पुँजी परिचालन गर्न नगर विकास कोषलाई पुनर्संचना गर्दै यसको स्वामित्व संघ, प्रदेश स्थानीय तह र वित्तिय संस्थाहरूको बीचमा वितरण गरिने समेत बताएका छन्।