सरकारले सावजनिक सेवालाई प्रभावकारी बनाउन र संघीयतालाई सवल बनाउने योजनाहरू अघि सारेको छ।
आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यी योजना अघि सारिएको हो।
सरकारी र सार्वजनिक सेवामा नागरिकको पहुँचलाई सहज बनाउन र सेवाहरूको दक्षता बढाउन अधिकांश सेवाहरूलाई नागरिक एपबाट गरिने उल्लेख गरिएको छ।
नागरिक सेवा पुहँचलाई सजिलो र छिटो बनाउन विभिन्न निकायबाट प्रदान गरिने सार्वजनिक सेवाहरू एकै स्थानबाट प्रदान गर्न स्थानीय तहसँगको सहकार्यमा नागरिक सेवा केन्द्र सञ्चालनमा ल्याउने कार्यक्रम अघि सारिएको छ।
स्थानीय विकास प्रशिक्षण विकास प्रतिष्ठानलाई संघीयता अध्ययन प्रतिष्ठानमा रूपान्तरण गर्ने उल्लेख गरिएको छ।
नेपाल प्रशासनिक प्रशिक्षणलाई सार्वजनिक प्रकासन विकास व्यवस्थापन र शासकीय अभ्यासको अध्ययन अनुसन्धान गर्ने उल्लेख गरिएको छ।
संघ प्रदेश र स्थानीय तहका संगठन तथा व्यवस्थापनको राष्ट्रिय मापदण्ड तयार गरिने योजना अघि सारिएको छ।
निजामती कर्मचारीको सेवा सुविधा र उत्प्रेणा जन्य पूर्व अनुमानयोग्य बनाइ राष्ट्र सेवकलाई उच्च मनोवल युक्त बनाइने उल्लेख छ।