सरकारले पढ्दै कमाउँदै कार्यक्रमलाई प्रोत्साहन गर्ने भएको छ।
आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममार्फत पढाउँदै कमाउँदै कार्यक्रमलाई प्रोत्साहन गर्न हप्तामा न्यूनतम २० घण्टा कामको न्यूनतम पारिश्रमिक सुनिश्चित गर्ने नीति अघि सारेको हो।
स्थानीय तहदेखि केन्द्रसम्म सरकारी सेवामा इन्टर्न प्रयोग गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।
सातौं तहभन्दा माथिका विद्यार्थीहरूलाई विभिन्न अनुसन्धान संस्थासँग जोडिने र बढीमा हप्तामा २० घण्टा कामको न्यूनतम ज्याला सुनिश्चित गरी पढ्दै कमाउँदै कार्यक्रममा प्रोत्साहन गर्ने राष्ट्रपति रामचन्द्र पौडेलले बताए।
त्यस्तै सरकारले उच्च शिक्षालाई अनुसन्धानमूलक बनाउने नीति अघि सारेको छ।
विद्यालय शिक्षा पूरा गर्नासाथ विद्यार्थीहरूको ग्रेडिङका आधारमा उच्च शिक्षामा प्राविधिक शिक्षामा समावेश गराइने उल्लेख छ।
प्राविधिक शिक्षालाई विश्वविद्यालयसम्म पुर्याइने नीति तथा कार्यक्रममा उल्लेख छ।