सरकारले फेरि सडकमा सहयोग माग्दै हिड्नेहरूको व्यवस्थापन गर्ने नीति दोहोर्याएको छ।
यसअघि पनि केपी शर्मा ओलीकै नेतृत्वमा बनेको सरकारले सडकमा सहयोग अपेक्षित मानव मुक्त गर्ने बताएको थियो।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा आगामी आर्थिक वर्ष २०८२/८३ को लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममा यस्तो बताएका हुन्।
राष्ट्रपतिले भने, 'जीवननै जोखिममा रहेका सडक आश्रित सहयोग अपेक्षित महिला, बालबालिका, जेष्ठ नागरिक, अपांगता भएका व्यक्त्ती एवम् मनोरोगीहरूको उद्धार र मानवोचित व्यवस्थापन गराउँदै सहयोग अपेक्षित सडक मानव मुक्त राष्ट्र बनाइनेछ।'