सरकारले गम्भीर रोगको उपचार खर्च समेत बीमाबाट हुने व्यवस्था गर्न सुविधा थैली परिमार्जन गरिने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा आगामी आर्थिक वर्ष २०८२/८३ को लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममा यस्तो बताइएको हो।
स्वास्थ्य बीमा प्रणाली एकीकृत गरी उपचारको दायरा विस्तार गर्ने उल्लेख गरेको छ।
बीमा प्रणालीको व्ययभार न्यून गर्न सरकारद्वारा उपलब्ध गराइने आधारभूत तथा अत्यावश्यक औषधिहरू बीमा प्रणालीमा जोडिने भएको छ।
स्वास्थ्य सेवा सम्बन्धी सबै साहयता तथा सहुलियत कार्यक्रमहरूलाई स्वास्थ्य बीमा क्षेत्रमा आबद्ध गर्ने भएको छ।
सरकारले स्वास्थ्य बीमा कार्यक्रम पुनर्संरचना गरी दिगो बनाउने बताएको छ।