गभर्नर समितिका सदस्य अर्थविद् विश्व पौडेलले समितिबाट राजीनामा दिएका छन्।
उनले इमेलमार्फत अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई राजीनामा पठाएका हुन्।
अर्थमन्त्री सिफारिस समितिको संयोजक छन्।
सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच गभर्नरका रूपमा पौडेलको नाम सिफारिस गर्ने सहमति भएसँगै उनले सिफारिस समितिबाट राजीनामा दिएका हुन्।
अर्थविद पौडेलले आइतबार सेतोपाटीसँगको कुराकानीमा सोमबार राजीनामा बुझाउने जानकारी गराएका थिए।
यसअघि नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले पनि गभर्नर बन्न राजीनामा दिएका थिए।
तर लामो समयसम्म पनि उनको राजीनामा स्वीकृत नभएपछि सत्तारूढ दलले नयाँ गभर्नर सिफारिस गर्ने तयारी गरेको हो।
पौडेल अर्थ मन्त्रालयको आर्थिक सल्लाहकार र योजना आयोगका उपाध्यक्ष समेत भइसकेका छन्।
उनले चितवन–१ बाट निर्वाचन समेत लडेका थिए। उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले पराजित गरेका थिए।