चालु आर्थिक वर्षको १० महिना सकिँदा पनि पुँजीगत खर्च ३४ प्रतिशत मात्रै भएको छ।
पुँजीगत खर्च गर्नको लागि छुट्याएको आधारमा यो वर्ष गत वर्षभन्दा पनि कम बजेट कार्यान्वयन भएको देखिएको छ।
गत वर्ष १० महिनाको अवधिमा ३७ प्रतिशत पुँजीगत बजेट निकासा भएको थियो।
चालु आर्थिक वर्षमा ल्याइएको बजेट १८ खर्ब ६० अर्ब रूपैयाँमध्ये जम्मा १९ प्रतिशत अर्थात तीन खर्ब ५२ अर्ब रूपैयाँ पुँजीगत खर्चको लागि छुट्याइएको थियो।
महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक अनुसार १० महिनाको अवधिमा एक खर्ब २० अर्ब रूपैयाँ मात्रै पुँजीगत खर्च भएको छ।
यो अवधिमा ७ खर्ब ७३ अर्ब रूपैयाँ चालु प्रकृतिको खर्च भएको छ। यो चालु खर्चको लागि विनियोजन गरेको बजेटको तुलनामा ६७ प्रतिशत हो।
वित्तीय व्यवस्थापन खर्च दुई खर्ब ६२ अर्ब भएको छ। यस शीर्षकमा विनियोजन गरेको बजेटको तुलनामा यो ७१ प्रतिशत हो।