पछिल्लो एक महिनामा नेपालको सार्वजनिक ऋण ४५ अर्ब रूपैयाँले घटेको छ।
वैशाख महिनामा उठाएको भन्दा विगतको सावाँ फिर्ता बढी भएको कारण सार्वजनिक ऋण घटेको हो।
चैत समान्तसम्म २६ खर्ब ६६ अर्ब २६ करोड रूपैयाँ सार्वजनिक ऋण रहेको थियो।
वैशाख मसान्तसम्ममा भने २६ खर्ब २२ अर्ब ४० करोड रूपैयाँमा झरेको छ।
यसमध्ये आन्तरिक ऋण १२ खर्ब ६७ अर्ब पुगेको छ। बाह्य ऋण १३ खर्ब ५५ अर्ब रूपैयाँ पुगेको छ।
वैशाख महिनामा जम्मा १० अर्ब आन्तरिक ऋण र १४ अर्ब ३५ करोड बाह्य ऋण सरकारले प्राप्त भएको छ।
यो महिना सरकारले ४५ अर्ब २४ करोड रूपैयाँको विगतमा ल्याएको आन्तरिक ऋणको सावाँ फिर्ता गरेको छ। दुई अर्ब ४५ करोड रूपैयाँको वैदेशिक ऋणको सावाँ फिर्ता भएको छ।
ऋण प्राप्तिको तुलनामा सावाँ फिर्ताको २३ अर्ब ३४ करोड रूपैयाँ बढी छ।
तर, चैतको तुलनामा विदेशी मुद्रासँगको अनुपात वैशाखमा घटेको कारण नेपाली रूपैयाँमा ४५ अर्ब सार्वजनिक ऋण घटेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ।
चैतसम्म विनिमयदरमा आएको परिवर्तनको कारण नेपाललाई लागेको घाटा ७२ अर्ब रूपैयाँ थियो। वैशाख महिनामा भने यस्तो घाटा घटेर ४८ अर्बमा झरेको छ।