सरकारले मंगलबार मुलुकको आर्थिक चित्र देखिने (आर्थिक सर्वेक्षण) प्रतिवेदन सार्वजनिक गर्ने भएको छ।
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुअघि सरकारले आर्थिक सर्वेक्षण प्रतिवेदन र संस्थानहरूको वित्तीय प्रतिवेदन संसदबाट सार्वजनिक गर्नेगर्छ।
आर्थिक सर्वेक्षण प्रतिवेदनमा चालु आर्थिक वर्षको फागुन महिनासम्मको अवस्थाको आधारमा सबै किसिमका आर्थिक सूचकहरू देखाउने गरिन्छ।
आर्थिक वृद्धिदर, रोजगारीको सिर्जना, पूर्वाधार विकासको अवस्था, कृषि, सिँचाइ, रोयल्टी, राजस्व, यातायात लगायत १३ उपसूचहरूको विस्तृत तथ्यांक जानकारी गराइने छ।
मंगलबारको लागि प्रतिनिधिसभाको बैठक ११ बजे र राष्ट्रिय सभाको बैठक १ बजेको लागि बोलाइएको छ।