सरकारले भदौ महिनाभर कर तिरेका करदातामध्येबाट लट्री प्रणालीमार्फत ३३ जनालाई करदाता पुरस्कारका लागि छनोट गरेको छ।
छनोट भएकामध्ये दुई जनाले प्रतिव्यक्ति १० लाख रूपैयाँ र अन्य ३१ जनाले प्रतिव्यक्ति एक लाख रूपैयाँ पुरस्कार पाउनेछन्।
सामान्यतया करदाता पुरस्कारका लागि पाक्षिक रूपमा लट्रीमार्फत छनोट गर्ने गरिएको भए पनि भदौ १० गते रसुवामा गएको बाढीका कारण नियमित प्रक्रिया प्रभावित भएपछि भदौ महिनाका लागि एकैपटक लट्री गरिएको हो।
१० लाख रूपैयाँ पुरस्कारका लागि दुई वटा बिजक नम्बर छनोट भएका छन्।
छनोट भएका नम्बर ०४८ ९१५ ६१८ २११ र ०३६ ४४७ ८५२ ३७८ हुन्।
त्यस्तै, एक लाख ३३ हजार रूपैयाँ पुरस्कारका लागि ३१ वटा बिजक नम्बर छनोट भएका छन्।
राजस्व विभागले करदातालाई खरिद गर्दा अनिवार्य रूपमा बिजक माग्न प्रोत्साहित गर्ने उद्देश्यले यस्तो पुरस्कार कार्यक्रम सञ्चालन गर्दै आएको छ।
उपभोक्ताले सामान वा सेवा खरिद गर्दा बिजक मागेमा व्यवसायीले गरेको कारोबारको विवरण आधिकारिक रूपमा अभिलेखमा आउने र त्यसका आधारमा कर संकलनमा समेत सहयोग पुग्ने विभागको भनाइ छ।
निमित्त महानिर्देशक जनक पौडेलका अनुसार करदाता पुरस्कार कार्यक्रमले उपभोक्तामा बिजक माग्ने प्रवृत्ति बढाउन सहयोग गरिरहेको छ।
उनका अनुसार पछिल्लो समय सामान वा सेवा खरिद गर्दा बिजक माग्ने उपभोक्ताको संख्या बढ्दै गएको छ।
पौडेलले बिजक माग्दा दिन नमानेका वा बिजक दिन अटेर गरेका व्यवसायीलाई सचेत गराउने कामसमेत भइरहेको बताए।
उपभोक्ताले बिजक माग्ने र व्यवसायीले अनिवार्य रूपमा बिजक उपलब्ध गराउने वातावरण बनाउन विभागले अनुगमन तथा सचेतनामूलक कामलाई निरन्तरता दिएको उनको भनाइ छ।
करदाता पुरस्कार कार्यक्रमको मुख्य उद्देश्य कर प्रणालीमा उपभोक्ताको सहभागिता बढाउनुका साथै कारोबारलाई पारदर्शी बनाउनु हो।
उपभोक्ताले बिजक माग्दा व्यवसायीको वास्तविक कारोबार अभिलेखमा आउने भएकाले यसले कर छली नियन्त्रण गर्न र करको दायरा विस्तार गर्नसमेत सहयोग पुग्ने विभागको अपेक्षा छ।
एक लाख ३३ हजारको लागि छानिएका बिजक नम्बर:
०३२ ४५४ २६९ २७५
०३८ ३२८ ०९१ ४४४
०३७ ५७८ ६२६ ७४०
०३३ १४४ १६५ ६६६
०३६ ८२५ ६१९ ९४४
०४४ ७४५ ४८९ ४८८
०४२ ६१८ ४७७ ६२०
०३९ ७०५ ९४२ ९५९
०३५ ९०७ ३३५ ९६०
०४६ ०९२ १८८ ९६२
०३४ ६३६ ८८५ ८९७
०४० ००९ ४६२ ६३४
०४१ ३६५ ६६१ ५३०
०४३ ७४६ ६३३ ०४२
०४५ ६७१ ४९९ ५२५
०४७ ७५१ ६२९ १२०
०५३ ७७७ ६३४ २२६
०५६ ४७१ ६८६ ००३
०६० १०८ ६९५ ५०७
०५८ ५०३ ९७६ ७१९
०४९ ५२३ २१४ ६७४
०५४ ६०९ ००४ ४७७
०५७ ०५२ ८७४ ९४३
०५० १९४ ५४२ ४०६
०५२ २४८ ४४५ ०५८
०५१ ५८५ ६५४ ६३५
०४८ ०९८ ५५७ ३७३
०५९ ८८२ २०८ १५७
०५५ ६१८ ८७७ १६७
०६१ ७०९ २०७ ४९९
०६२ ९१९ १९५ ४५६