सिद्धार्थ बैंकमा रोजगारीको अवसर खुलेको छ।
बैंकले इन्फरमेसन सेक्युरिटी एनालिस्ट, बिजनेस इन्टेलिजेन्स एनालिस्ट, डिजिटल पेमेन्ट अप्रेसन र गोल्ड टेस्टर पदमा कर्मचारी माग गरेको हो।
इन्फरमेसन सेक्युरिटी एनालिस्ट पदमा आवेदन दिने इच्छुकले आइटी कम्प्युटर इन्जिनियरिङ/इलेक्ट्रिक इन्जिनियरिङ विषयमा ५० प्रतिशत अंक वा २.५ सिजिपिए ल्याएको हुनु पर्नेछ।
साथै, सम्बन्धित कामको साढे २ वर्षको कार्य अनुभव हुनु पर्नेछ।
यस्तै, बिजनेस इन्टेलिजेन्स एनालिस्ट पदमा आवेदन दिने इच्छुकले कम्प्युटर साइन्स/आइटी/कम्प्युटर इन्जिनियरिङ वा डेटा साइन्स विषयमा ५० प्रतिशत अंक वा २.५ सिजिपिए ल्याएर स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै सम्बन्धित क्षेत्रमा २ वर्ष काम गरेको हुनु पर्नेछ।
डिजिटल पेमेन्ट अप्रेसन पदमा आवेदन दिने इच्छुकले कम्प्युटर इन्जिनियरिङ/आइटी/इलेक्ट्रिोनिक्स इन्जिनियरिङ विषयमा ५० प्रतिशत अंक वा २.५ सिजिपिए ल्याएर स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। साथै सम्बन्धित क्षेत्रमा साढे १ वर्ष काम गरेको हुनु पर्नेछ।
इच्छुकले वैशाख ७ गतेसम्म आवेदन दिन सक्नेछन्।