नेपाल टेलिकमले गणतन्त्र दिवस २०८३ को अवसरमा प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकहरूलाई गणतन्त्र दिवस अफर २०८३ उपलब्ध गराउने भएको छ।
अफर अन्तर्गत न्यू इयर लाइट र न्यू इयर प्रिमियम गरी दुई प्रकारका प्याकेज उपलब्ध हुनेछन्।
न्यू इयर लाइट अन्तर्गत ४९९ रूपैयाँमा प्रतिदिन ५ जिबी डेटा उपलब्ध हुनेछ र ५ जिबीको लिमिट पूरा भए पछि पनि बाँकी समय २ एमबिपिएस स्पिडमा अनलिमिटेड डेटा प्रयोग गर्न सकिने छ।
त्यसैगरी न्यू इयर प्रिमियम अन्तर्गत ६९९ रूपैयाँमा प्रतिदिन १० जिबी डेटा उपलब्ध हुनेछ र १० जिबीको लिमिट पूरा भए पछि पनि बाँकी समय ३ एमबिपिएस स्पिडमा अनलिमिटेड डेटा प्रयोग गर्न सकिने छ।
दुवै प्याकेज चलाउन सकिने समयावधि ३० दिनको हुनेछ।
आज (बिहीबार)देखि आगामी २०८३ जेठ १६ गतेसम्म अफर अन्तर्गतको प्याकेज खरिद गर्न सकिने छ।
पोस्टपेड मोबाइल प्रयोगकर्ताहरुले लिएको प्याकेजको शुल्क मासिक रेन्टल चार्जमै समावेश हुनेछ।
गणतन्त्र दिवस अफर २०८३ प्राप्त गर्नका लागि मोबाइलबाट जेठ १४ देखि १६ गतेसम्म *१४१५*११# डायल गर्न सकिने छ।
त्यसैगरी नेपाल टेलिकम एपबाट समेत सो प्याकेज खरिद गर्न सकिने छ।