सामसङ मोबाइल नेपालले ग्यालेक्सी ए१७ ५जीका लागि २४ महिनाको किस्ताबन्दी (इएमआई) सुविधा ल्याएको छ।
लामो समयसम्म किस्ता तिर्न पाइने भएकाले ग्राहकहरूलाई थोरै मासिक किस्तामा स्मार्टफोन किन्न सजिलो र सहज हुने कम्पनीले जनाएको छ।
ग्राहकहरूले मात्र एक हजार २२१ रूपैयाँबाट सुरू हुने २४ महिनाको इएमआई योजनामार्फत यो फोन खरिद गर्न सक्नेछन्।
यसका साथै ग्राहकहरूले आफ्नो पुरानो स्मार्टफोन साटेर तीन हजार रूपैयाँसम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सक्नेछन्, जसले गर्दा सुरूमा बुझाउनुपर्ने डाउन पेमेन्ट शून्य प्रतिशतसम्म घट्न सक्छ।
मूल्य र उपलब्धता:
|
ग्यालेक्सी ए१७ भेरिएन्ट
|
खुद्रा मूल्य
|
मासिक इएमआई (२४ महिना)
|
|
६ जिबी ऱ्याम + १२८ जिबी
|
४४ हजार ९९९ रूपैयाँ
|
१ हजार २२१ रूपैयाँ
|
|
८ जिबी ऱ्याम + १२८ जिबी
|
४८ हजार ९९९ रूपैयाँ
|
१ हजार ३३० रूपैयाँ
|
|
८ जिबी ऱ्याम + २५६ जिबी
|
५६ हजार ९९९ रूपैयाँ
|
१ हजार ५४७ रूपैयाँ
|
ग्यालेक्सी ए१७ ५जीको २४ महिनाको इएमआई योजना र यसका सर्तहरूबारे थप जानकारीका लागि ग्राहकहरूले नेपालभर रहेका सामसङका आधिकारिक स्टोर तथा रिटेल आउटलेटहरूमा सम्पर्क गर्न सक्नेछन्।