इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय (एसएमई) तथा स्टार्टअपलाई लक्षित गर्दै एसएमई प्रो म्याक्स इन्टरनेट प्याकेज सार्वजनिक गरेको छ।
कम्पनीका अनुसार पाँच वर्षभित्र स्थापना भएका स्टार्टअपहरूले यस प्याकेजअन्तर्गत १ जिबिपिएस इन्टरनेट स्पिड, १ टिबी डेटा र पब्लिक आइपी सेवामा ४० प्रतिशतसम्म विशेष छुट पाउनेछन्।
प्याकेजमा ग्राहकले वाइफाई सिक्स राउटर निःशुल्क प्राप्त गर्नुका साथै फ्रि सर्वे, इन्स्टलेसन र सेटअप सेवा पनि पाउने कम्पनीले जनाएको छ।
नयाँ तथा विस्तारको चरणमा रहेका व्यवसायलाई भरपर्दो, उच्च गतिको र किफायती नेटवर्क समाधान उपलब्ध गराउने उद्देश्यले प्याकेज ल्याइएको क्लासिक टेकको भनाइ छ।