नेपाली बजारमा आज (सोमबार) सुन-चाँदीको भाउ बढेको छ।
शुक्रबार प्रतितोला तीन हजार दुई सय रूपैयाँ र आइतबार आठ हजार तीन सय रूपैयाँ गरी दुई दिनमा सुनको भाउ प्रतितोला ११ हजार पाँच सय रूपैयाँ घटेको थियो।
सोमबार भने सुनको भाउ तोलामा दुई हजार तीन सय रूपैयाँ बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७४ हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको छ।
आइतबार सुन प्रतितोला दुई लाख ७२ हजार रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ।
आइतबार प्रतितोला तीन हजार ६ सय ५० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा तीन हजार सात सय २० रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ७० रूपैयाँ बढेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार नौ सय सात अमेरिकी डलरमा कारोबार भइरहेको छ।