नेपाली बजारमा आज (आइतबार) सुन-चाँदीको मूल्य घटेको छ।
शुक्रबार तोलामा तीन हजार दुई सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला आठ हजार तीन सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७२ हजार रूपैयाँमा किनबेच भइरहेको छ।
अघिल्लो दिन सुन प्रतितोला दुई लाख ८० हजार ३०० रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, आइतबार चाँदीको मूल्य पनि घटेको छ।
शुक्रबार तोलामा तीन हजार आठ सय २५ रूपैयाँमा कारोबार भएको चाँदी आइबार तीन हजार ६ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ७५ रूपैयाँ घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार आठ सय ७६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।