सरकारले ठूला जलविद्युत आयोजनाको निर्माण सम्पन्न गर्ने मिति नै तोकेको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार पारेको 'ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति, २०८३' तयार पार्दै ठूला जलविद्युत आयोजना सक्ने मिति नै तोकेको हो।
रणनीतिअनुसार विभिन्न क्षमताका राष्ट्रिय प्राथमिकताका जलविद्युत आयोजनाहरूलाई समयसीमा तोक्दै निर्माण तथा सञ्चालनको स्पष्ट कार्यतालिका अघि सारिएको छ।
रणनीतिमा समावेश आयोजनाअनुसार केही परियोजनाहरू २०८४/८५ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ भने ठूला आयोजना २०९० पछि मात्रै सकिने प्रक्षेपण गरिएको छ।
मन्त्रालयले रणनीतिमा केवल उत्पादन वृद्धि मात्र नभई आन्तरिक खपत विस्तार र निर्यात प्रवर्द्धनलाई समेत प्राथमिकतामा राखेको छ।
आगामी वर्षहरूमा विद्युत उत्पादन उल्लेख्य रूपमा बढ्ने भएकाले भारत तथा बंगलादेशजस्ता बजारमा निर्यात बढाउने लक्ष्य समेत यसमा समेटिएको छ।
कुन आयोजना कहिले सम्पन्न हुने?
रघुगंगा जलविद्युत आयोजना – ४० मे.वा – २०८३-८४ सम्म (१०० दिनभित्र)
तनँहु जलविद्युत आयोजना – १४० मे.वा – २०८५-८६ सम्म
माथिल्लो मोदी–ए – ४२ मे.वा – २०८६-८७ सम्म
माथिल्लो मोदी – १८.२ मे।वा – २०८६-८७ सम्म
माथिल्लो त्रिशूली थ्री बी – ३७ मे.वा – २०८४-८५ सम्म
बुढीगण्डकी जलाशययुक्त आयोजना – १२०० मे.वा – २०९१ सम्म
दूधकोशी जलाशययुक्त आयोजना – ६७० मे.वा – २०९१ सम्म
माथिल्लो अरुण – १०६१ मे.वा – २०९१ सम्म
अरुण–४ जलविद्युत आयोजना – ४९० मे.वा – २०९० सम्म
नलगाड – ४१७ मे.वा – २०९१ सम्म
चेनपुर–सेती – २१० मे.वा – २०८७ सम्म
तामाकोशी–५ – ९९ मे.वा – २०८५ सम्म
नौमुरे बहुउदेश्यीय आयोजना – २१६ मे.वा – २०९२ सम्म
वेतन कर्णाली जलविद्युत आयोजना – ४३९ मे.वा – २०९० सम्म
उत्तरगंगा जलविद्युत आयोजना – ८२८ मे.वा – २०९२ सम्म