काठमाडौं चक्रपथको नारायणगोपाल चोक-चप्पल काराखाना सडक चिटिक्क देखिएको छ।
यो खण्डमा सडक विस्तार सम्पन्न भई रेखांकन, जेब्रा क्रसिङ तथा लेन मार्किङको काम पनि सकिएको छ।
७०० मिटर लम्बाईको उक्त सडकखण्ड नेपालले आफ्नै लगानीमा बनाएको हो।
महाराजगन्जदेखि धोबीखोला (गोपीकृष्ण)सम्मको सडक विस्तार गर्ने योजना अन्तर्गत विनियोजित बजेटबाट यो खण्ड विस्तार गरिएको हो।
डिभिजन सडक कार्यालय मीनभवनले २०८१ फागुनमा एम–एस अम्बुजा–काली एसकेजेभीसँग २०८२ असारभित्र सक्ने गरी सम्झौता गरेको भए पनि काम झन्डै एक वर्ष ढिला गरी सम्पन्न भएको हो।
यो सडक खण्डका लागि चालु आर्थिक वर्षमा २५ करोड बजेट विनियोजन भएको थियो।
सडक विस्तार भएपछि कालोपत्रे गरिएको चिल्लो, व्यवस्थित लेन र सफा संरचनाले यो खण्ड निकै आकर्षक देखिएको छ।
चीनले चक्रपथ विस्तारको दोस्रो खण्डअन्तर्गत कलंकीदेखि बसुन्धारासम्म मात्र निर्माण गर्ने भएपछि बीचको यो ७०० मिटर सडक नेपाल सरकारले आफ्नै लगानीमा निर्माण गरेको हो।
चक्रपथकै कलंकी-कोटेश्वर खण्ड २०७५ माघमा चीनले निर्माण सम्पन्न गरी नेपाललाई हस्तान्तरण गरेको थियो।
महाराजगन्जदेखि चक्रपथसम्मको ७०० मिटर सडक पनि त्यही मापदण्डमा निर्माण गरिएको हो।
-1779332432.jpg)
-1779332432.jpg)
-1779332432.jpg)
-1779332432.jpg)
-1779332432.jpg)
-1779332431.jpg)
-1779332431.jpg)