ललितपुरको सानेपास्थित चक्रपथ क्षेत्रमा निर्माणाधीन आकाशे पुलको काम धमाधम भइरहेको छ।
एकान्तकुना–कलंकी सडकखण्डमा पैदलयात्रीको सुरक्षित आवतजावतका लागि निर्माण भइरहेको पुलको मुख्य संरचना निर्माण सम्पन्न भइसकेको छ। रेलिङ, सिँढी र अन्य फिनिसिङका काम जारी छ।
वर्षौंदेखि अलपत्र रहेको यो आयोजना पछिल्लो समय तीव्र गतिमा अघि बढाइएको हो। पुलको स्टिल संरचना जडान तथा अन्य प्रमुख प्राविधिक काम भइरहेको देख्न सकिन्छ।
अब प्राविधिक तथा सौन्दर्यकरणका काम सम्पन्न गरी सञ्चालनमा ल्याउने तयारी भइरहेको हो।
व्यस्त चक्रपथ क्षेत्रमा दैनिक हजारौं पैदलयात्रीले सडक पार गर्नुपर्ने भएकाले पुल सञ्चालनमा आएपछि आवागमन थप सुरक्षित र सहज हुने अपेक्षा गरिएको छ।
साथै, सडकमा हुने पैदलयात्रीको चाप घटेर ट्राफिक व्यवस्थापनमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ।
तस्बिरहरू:
-1782319881.jpg)
-1782319493.jpg)
-1782319493.jpg)
-1782319493.jpg)
-1782319881.jpg)
-1782319493.jpg)
-1782319493.jpg)
-1782319492.jpg)
-1782319492.jpg)
-1782319492.jpg)
-1782319492.jpg)
-1782319492.jpg)
-1782319492.jpg)
-1782319528.jpg)