नेपाल विद्युत प्राधिकरणले हाल अत्यधिक गर्मी, हावाहुरी, वर्षा तथा अन्य प्रतिकूल मौसमका साथै विभिन्न प्राविधिक कारण केही स्थानमा बेलाबेला विद्युत आपूर्तिमा अवरोध भइरहेको जनाएको छ।
विद्युत दुर्घटना तथा आपूर्तिमा समस्या भए प्राधिकरणमा सम्पर्क गर्न समेत आग्रह गरेको छ।
यस्तो समस्या भए प्राधिकरणको हटलाइन ११५० मा सम्पर्क गर्न आग्रह गरेको हो। सूचना पाउना साथ तत्काल समस्या समाधान गर्न प्राधिकरणले सबै प्रदेशका कार्यालयलाई निर्देशन दिएको समेत जनाएको छ।
