अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक कालोपत्र गर्ने कार्य धमाधम रूपमा अघि बढेको छ।
१६ किमी यो सडक खण्डको अधिकांश ठाउँ कालोपत्र गरिसकिएको छ।
भक्तपुर र काभ्रेपको सिमाना क्षेत्र साँगा भन्ज्याङमा दुई लेनको अन्डरपासको काम पनि करिब सकिएको छ।
यो सडकखण्ड दुई भागमा विभाजन गरी ठेक्का लगाइएको थियो।
तीन अर्ब ८८ करोड ९३ लाख रुपैयाँ बजेटमा सूर्यविनायक–साँगा ७.५ किमी सडक बनाइएको थियो।
साँगा–धुलिखेल ८.४ किमी सडक विस्तारका लागि चार अर्ब पाँच करोड ६४ लाख रुपैयाँमा ठेक्का लगाइएको थियो।
सूर्यविनायकदेखि धुलिखेल ६ लेनको हो।
सडक विस्तार भएपछि चीनसँगको छोटो दूरीको नाका सिन्धुपाल्चोकको तातोपानी सडकखण्डमा अझै सवारी चाप बढ्नेछ।
तस्बिरहरू-
-1783580357.jpg)
-1783580357.jpg)
-1783580356.jpg)
-1783580356.jpg)
-1783580356.jpg)
-1783580356.jpg)
-1783580355.jpg)
-1783580355.jpg)
-1783580355.jpg)
-1783580355.jpg)