दसैंमा उपत्यकाबाट घर जानको लागि अग्रिम टिकट तत्काल नखुल्ने भएको छ।
केहीदिन यात्रुको चाप हेरेर मात्र अग्रिम टिकटको निणर्य लिइने यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी दिए।
‘८/१० यात्रुको चाप हेर्छौँ अनी यातायात व्यवसायीसगँ यो बारेमा छलफल गरेर निणर्य लिन्छौ,’ उनले भने।
यसपाली विगतका वर्षमाझै धेरै यात्रु नहुने उनको तर्क छ।
‘धेरै मान्छे अहिले आफ्नै गाउँमा हुनुहुन्छ। त्यस्तै परिवार यहाँ भएकाहरु पनि कमै गाउँ जानुहुन्छ। त्यसकारण यो वर्ष यात्रु धेरै कम हुने हाम्रो अनुमान हो,’ हमालले भने।
सवारीसाधनले स्वास्थ्य सुरक्षा अपनाएको छ की छैन भनेर नियमित अनुगमन गरिने बताए।हमालका अनुसार आजैबाट विभिन्न नाकामा अनुगमन टोली परिचालन गरिएको छ।
यो वर्ष अग्रिम टिकट खोल्नु नपर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका अध्यक्ष योगेन्द्रनाथ कर्मचार्यले बताए।
‘धेरैजसो मान्छे घर गइसके। गाडी पाइदैन भनेर अग्रिम टिकट लिनै पर्दैन,’उनले भने ‘अहिलेसम्म हामी अग्रिम टिकट नखुलाउने मनस्थितीमा छौ।’