उद्योग, वाणिज्य तथा उपभोक्ता संरक्षण विभागले दिल देवी सप्लायर्स र बाटिका मिनिमार्टलाइ जरिवाना गरेको छ।
उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा २० को कसुर गरेको हुनाले जरिवाना गरिएको विभागका प्रवक्ता रवीन्द्र आचार्यले बताए।
उनकाअनुसार मूल्य सूची नराखेको कसुरमा दिल देवी सप्लायर्सलाई ५० हजार र लेबल नराखी सामान बिक्री वितरण गर्ने बाटिका मिनिमार्टलाई ३० हजार जरिवाना गरेको हो।