नेपाल नागरिक उड्डयन प्राधिकरणले नियमित आन्तरिक हवाई उडानमाथिको प्रतिबन्धलाई अनिश्चितकालका लागि स्थगन गरेको छ।
वैशाख २० गतेदेखि बन्द भएको नियमित आन्तरिक हवाई उडान अर्को सूचना प्रकाशित नभएसम्मका लागि पहिलेकै प्रतिबन्ध कायम हुने प्राधिकरणले जानकारी दिएको छ।
'देशमा कोरोना संक्रमण बढ्दै गएकाले अर्को सूचना प्रकाशित नभएसम्मका लागि आन्तरिक उडानमाथिको प्रतिबन्ध कायमै हुने छ' प्राधिकरणको सूचनामा भनिएको छ।
यद्यपी यो अवधिमा पनि उद्धार, चार्टर्ड लगायतका उडानहरुका लागि विशेष अनुमति दिइने प्राधिकरणले प्रष्ट पारेको छ।