Ncell
Setopati
x
Samsung
Setopati
x
Samsung
Nic asia bank
Nic asia bank
Setopati साहित्यपाटी
Subscribe Setopati
बुधबार, पुस १६, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी
Royal
Royal

हारको साक्षी

राजदीप न्यौपाने

राजदीप न्यौपाने

gibl
gibl
gibl
gibl
Tata box 1
Tata box 1

नजिकैको मेडिकल चोकमा थियो, रंगीला तरकारी पसल। खुबै चलेको थियो। प्राय: टोलका मान्छेहरू त्यहीँबाट तरकारी किन्थे। म पनि बेलुकातिर तरकारी लिन गइराख्थें। अरु सामान चाहिँ कौशल दाइकोबाट ल्याउँथें। पाँच-सात घर पर थियो उनको पसल। कोठाबाट बाहिर कि कौशल दाइकोमा कि रंगीलाकोमा मात्र जान्थें। कलेजको अनेकौं प्रोजेक्ट वर्कले फुर्सद पनि थिएन। सँगै बसेको प्रशान्त मास्टर्स पढ्न अमेरिका उडेपछि कोठामा पकाउन खान पनि भ्याइनभ्याइ हुन्थ्यो।

एमबिए त्यसमाथि टियूको! बिहान ७ बजेदेखि दिउँसो २-३ बजेसम्म पनि क्लास हुन्थ्यो। अघिल्लो दिनको पाठ तयार गर्न राति बाह्र एक बजेसम्म बस्थें। त्यही थकाइ मेट्न कोठामा आएर एक दुई घण्टा सुत्थें दिउँसो। बेलुका चाहिँ कि उही कौशल दाइकोमा कि रंगीलाकोमा पुगेको हुन्थें। सामान किन्न भन्दा पनि उनलाई देखियोस्, भेटियोस् भनेर जान्थें। म उनको समयमा जान्थें या उनी मेरो समयमा आउथिँन्, तर हाम्रो समय एउटै हुन्थ्यो।

सुन्दर शरीर। सिलिक्क परेको कपाल। हँसिलो चेहेरा। जोकोही आर्कषित हुन्थ्यो। मैले धेरैपटक लुकी-लुकी हेरेको थिएँ। आँखा पनि जुधेका थिए कयौंचोटि। केही भनेको जस्तो लाग्थ्यो तर आवाज थिएन आँखाको। म उनीसँग परिचयविहीन नै थिएँ। हेर्ने नजर नै प्रेमिल भएपछि सजिलै बोल्न पनि कठिन लाग्ने।

कति पटक त बोल्न खोजेको पनि थिएँ। बोल्न आँट आउँथेन। उनको उमेर मेरोभन्दा अलि बढी नै भए पनि हेर्दा भर्खरकै देखिन्थिन्। यतिसम्म सोच्थें कि जीवनसाथी कोही होस् त यस्तो। उनीभित्र हराउँदै आफैंलाई खोज्थें म।

‘तरकारी लिन आउनुभएको?,’ एक्कासि पछाडिबाट आवाज आयो।

‘तपाईंलाई बोलाउँदै हुनुहुन्छ लेखकजी, उहाँ दिदीले,’ रंगीला बोल्यो।

एकहातमा तरकारी समात्दै पछाडि फर्किएर हेरें। उही मुस्कुराइरहेको चेहेरा, जसको हृदयमा म आफूलाई खोज्थें। हेरिरहें एकोहोरो। एकछिन पछि विस्तारै बोलें, ‘हजुर हजुर तरकारी छान्न ला’को।

Laxmi bank
Laxmi bank

आज अलि ताजा रहिनछ। हाम्रा साहूलाई नि पैसा पुग्या जस्तो छ,’ मेरो असहज परिस्थिति देखेर रंगीला बोल्यो, ‘उहाँ यस्तै हो अलि लजाउनुहुन्छ।’

रंगीलाले मलाई अलि सहज बनाइदियो। हुन त रंगीलाको पुरानो ग्राहक म र अहिले मेरो साथी पनि। बेलामौका मजाग पनि गर्थें, उमेर पनि उस्तै थियो हाम्रो। तरकारी कथागाथा समेटेर एउटा पत्रिकामा उसबारे लेख छपाएको थिएँ, मेरो पढाइको प्रोजेक्टको रुपमा। त्यसपछि, मलाई लेखकजी भन्न छुटाएको थिएन, उसले।

Ncell
Ncell

‘रंगीलाले मलाई सबै सुनाइसकेको छ। भोलि बिहान मेरोमा आऊ। कोही हुनुहन्न घरमा,’ मेरो कान नजिक आएर उनी बोलिन् र एक-एक केजी काँक्रो र गाँजर किनेर हिँडिहालिन्।

एक त वर्षौं बोलेझैं ‘तिमी’ र अर्को रुममा नै आउभन्दा म आफैंलाई सम्हाल्न गाह्रो मान्दै थिएँ।

रंगीला बोल्यो, ‘हिजो तरकारी लिन आउँदा तपाईंको बारेमा धेरै नै सोध्नुभएको थियो। मैले पनि तपाईंले बहुत मन पराउनुहुन्छ भन्देको थिएँ। तपाईं त खत्रा लेखक, पढ्न झन् ट्यालेन्ट भनेर सबै कुरा सुनाइदिएको थिएँ,’ रंगीला पनि गफ लगाउन त कहाँ कम थियो र!

‘एकाएक रुममै आऊ, अझ कोही छैन रुममा,’ यो शब्द मेरो दिमागमा फनफनी घुमिराख्यो।

किन बोलाइन् बिहानै घरमा? न त राम्रोसँग बोलेको थिएँ, न त चिनजान नै थियो। म कहिले प्रेमको उन्मत्त दुनियाँमा हराउँथें त कहिले आफैंलाई सम्हाल्थें। प्रेमबाहेक अरु पनि त हुन सक्छ! के होला भोलिको दिन, म सम्झेर राम्रोसँग निदाउन पनि सकिँन।

बिहान उठ्नेवित्तिकै ऐना हेरें। हातमुख धोएँ। मनमा अनेकौं रंगहरूले काउकुती लगाइरहेका थिए। आफूलाई राम्रो देखाउन कुनै कमी राखिनँ। ७ बजे निस्किएँ कोठाबाट। आफूलाई नै बिर्सिँदै म रंगीन सपनामा थिएँ।

घरको मूलढोका, कम्पाउन्डको ढोका पनि आफैं खुले कि थाहै नपाई! म रोडमा आइपुगिसकेंछु। केही घर पर मात्र टाढा थियो, उनको घर। प्रशान्त र म पहिले नै उनको घर पत्ता लगाउन गएका थियौं। सरासर म उनको घरको दोस्रो तल्लामा पुगें। मूल ढोकामा ढकढक गरें। एकछिनमै उनी ढोकामा देखा परिन्, मन्द मुस्कुराउँदै।

जीउमा टमक्क मिलेको रातो कुर्ता सरवाल, भर्खर नुहाएर खुला छाडेका कपाल, उद्दिप्त चेहेरा कुनै कथाकी राजकुमारीभन्दा कम थिइनन्।

‘ल आउ भित्र।’

सरासर म कोठाभित्र गएँ। उनले ढोका बन्द गरिन्।

कोठा पनि कति सजाबटपूर्ण! सफा पनि उस्तै। कोठामा एउटा लो बेड, सानो टि टेबल, किताब र्‍याक र सोफाहरु थिए। म सोफामा बसें। अलिअलि लाज अलिअलि डर मिसाएर।

‘लजाइराछौ?,’ नजिकै आएर उनले प्रश्न तेर्स्याइन्। उनको कपालले मेरो नाकलाई स्पर्श गरेसँगै लामो स्वास लिएँ। नशा लागेजस्तो भयो। म हराएँ एकछिन्।

‘के खाने भन?,’ उनले फरि प्रश्न गरिन्। मैले मनतातो पानी मागें।

मनतातो पानी पछि तिमीलाई म कफी खुवाउँछु। ब्राजिलियन ब्राण्ड हो।

तिमी बस्दै गर। उनी किचन कोठातिर लागिन्। सँगै जोडिएको रहिछ किचन कोठा।

म सोच्दै थिएँ रंगीलाले के-के भन्दियो होला? जीवनमै पहिलो पटक यति प्रेमिल माहौलमा थिएँ।

एकछिनमै काँचको गिलास मेरो अगाडिको टि टेबलमा राखिदिइन्। ‘मनतातै छ लेऊ। मनतातोले मन चाहिँ तात्छ कि नाई?,’ थोरै मुस्कुराउँदै उनीले प्रश्न गरिन्।

‘ज्यान चाहिँ तात्छ कि?,’ मैले हाँस्दै भने।

‘तर, तन-मन अहिलेसम्म शान्त नै छ मेरो त,’ थप जिस्किदै बोलें।

‘गफ नहान, तिमीहरू कतिको शान्त, सोझो हुन्छौ, थाहा छ,’ उनले भनिन्।

‘भोगाइ हो र?,’ सोझै प्रश्न गरें।

‘जे सोच।’

म कफी बनाएर ल्याउँछु। पहिले काम गर्दाको ब्राजिलियन साथीले सिकाएकी थिई। अहिले नशा छ यसको भन्दै फेरि हिँडिन् किचनतिर।

म उनको समधुर बोली, वैंशालु नजर, मन्द हाँसोलाई मनमष्तिस्कमा कैद गर्दै रमाइरहेको थिएँ।

‘कसलाई सम्झिएको? बरु कफी पिऊ,’ मेरो अगाडि कफि राख्दिन् र नजिकै बसिन्। 

‘कस्तो मीठो! मान्छेभन्दा पनि बढी लाग्ने रहिछ,’ एक सुर्को लिएर मैले कुरा अगाडि बढाएँ।

‘म पनि लाग्छु र?,’ नशालु नजरले हेर्दै सोधिन्।

‘हेर्दैमा लाग्छ मलाई त झन्,’ मैले तताएँ माहौल।

हाहा, उनी खित्का छाडेर हाँस्छिन्।

कोठामा घामका रश्मीहरू नि आइपुग्छन्। थप उज्यालो हुन्छ कोठा।

एकमन त उनले हात समातेर बोलिदिए हुन्थ्योजस्तो लाग्यो। उनीलाई एकपटक फेरि हेरें। उनीले पनि हेरिरहेकी रहिछन्। आँखा जुध्यो। लाग्यो- वर्षौं पुरानो जोडी हौं। एकाएक शून्यतामा हरायौं हामी।

एक्कासि, उनीले मेरो हात समातिन र भक्कानिन्।

‘यसरी नै हेर्थो उसले मलाई। यही आँखा हो उसको। यही भाव, यही प्रेम थियो उसको। म तिमीमा त्यो भेट्छु। मैले तिमीलाई देख्दा कति पटक त उसलाई पनि भुलेको छु। तरकारी पसल, किराना पसलमा भेटेको हरेक पल याद छ मलाई। आँखाले तिमीसँग धेरैचोटी बोलेको छ। तिमी मेरो सुवास हौ। कति गर्दा पनि तिमी बोलेनौं। अनि म आफैंले आँटे,’ उनी झन् भावुक हुँदै नजिक आइन् र मलाई च्याप्प समातिन्। अँगालो हालिन्।

म अवाक् भएँ। के गरौं के नगरौं भयो। प्रतिक्रियाविहीन नै रहेँ म।

एकछिनमा उनी शान्त भइन्। बाँकी चिसो भएको कफीलाई एक स्वासमा पिइन्।

‘सरी! तिमीलाई के गरें यो मैले,’ उनी दुई हातले नै आफनो टाउको समातेर बोल्दै गइन्।

‘माफ गर्देउ है,’ उनी बोलिरहिन्।

मैले ठीक छ केही भा‘छैन भन्दै उनलाई सहज गराउन खोजें।

मनमनै सोचें को होला त्यो सुवास? आखिर म यहाँ सुवासको तृष्णा मेटाउन, प्रेमको फूल रोप्न  या उनको विक्षिप्त प्रेम पीडा सुन्न के को लागि आएँ? के सोचें थिएँ, के भयो? म आफूलाई नै गह्रौं महसुस गरिरहेको थिएँ।

‘तिमीलाई अप्ठ्यारो लाग्या हो?,’ उनले मेरो भाव पढिसकिछिन्।

‘छैन,’ म फिस्स हाँसे।

मनमा कसिएको गाँठो खोलेर शीतल बनाउ आफैंलाई भन्न नपाउँदै उनी भावुक हुँदै बोल्न थालिन्।

‘मैले जे भने पनि तिमी मसँग टाढा चाहिँ हुन पाउँदैनौं। हृदयदेखि नजिक सम्झिएको छु,’ उनी आफूलाई खुलाउँदै गइन्।

उनले आफ्नो कथा सुनाउन थालिन्।

आजभन्दा नौ वर्ष अगाडि, लमजुङबाट एसएलसी पास भएर काठमाडौं आएकी थिएँ, गाउँकै साथी प्रमिलासँग। बानियाँटार नजिकै प्रमिलाको नातेदार हुनुहुन्थ्यो। कोठा उहाँहरूले खोज्दिनु भएको थियो। सानो कोठा। भाडा पनि सस्तो थियो। जसोतसो गरेर बस्दै गयौं। पासाङ ल्हामु कलेज सामाखुसीमा हामी दुबै जना म्यानेज्मेन्ट पढ्न थाल्यौं। ११ को परीक्षा राम्रै गरेको थिएँ।

१२ कक्षाको अन्तिम परीक्षाको बेला बुबाको मृत्यु भयो। पहिलेबाट नै दमको बिरामी हुनुहुन्थ्यो बुबा। दुई वटा विषयको परीक्षा दिएकी थिएँ। बाँकी विषय यतिकै छाडेर घर गएँ। त्यसपछि पढाइ पनि त्यस्तै भयो। गाउँमा बहिनी आठ कक्षामा र भाइ पाँच कक्षामा पढ्दै थिए। आमाको पनि स्वास्थ्य अवस्था त्यति राम्रो थिएन। घरको जिम्मेवारी म माथि थपिँदै थियो। भाइ, बहिनी, आमा सबैको आशा, मै थिएँ।

काठमाडौं फर्किएर सौर्य इलेक्ट्रिकल स्टोरमा काम गरें। रिसेप्सनिष्टको रुपमा। एकदिन प्रकाश दाइले तिमी विदेश जान्छेउ भनेर सोध्नुभयो। जाने हो भने राम्रो कम्पनी, राम्रो कमाइ हुन्छ भन्नुभयो। प्रकाश दाइ हाम्रो अफिसमा आइराख्नुहुन्थ्यो। उहाँको अंकलको मेनपावर कम्पनी थियो। मान्छे हेर्दा नराम्रो देखिए पनि उहाँमा स्वच्छता, हार्दिकता, इमानदारीता थियो। सन्तोष, मेरो मामाको छोरा भन्नुहुन्थ्यो। सन्तोष दाइलाई मैले आफनो सुख-दुःख धेरैपटक ‘सेयर’ गरेको थिएँ। मेरो हाकिमभन्दा बढी दाइको रुपमा।

‘म विदेश जान्छु आमा,’ आमालाई फोन गरेर भनें।

‘कुन देश, कस्तो ठाँउ, के काम हो? त्यतिकै विदेश जान्छु भनेर हुन्छ? बरु दुःख गरेर पढ्। यहीँ पछि राम्रै भइहाल्छ नि। हामी बरु जसोतसो चलाउँला,’ आमाले सम्झाउनु भयो।

‘साउदीको राम्रो अमेरिकन कम्पनी हो। ब्यूटिसियन हेल्परको काम हो। तलब पनि राम्रो हुन्छ। जहाँ भए पनि दुःख गर्न परिहाल्छ। बरु दुई-चार वर्ष उतै दुःख पनि गर्छु। कमाइ पनि राम्रै हुन्छ,’ आमालाई सम्झाएँ।

घरको दयनीय अवस्था, पढेर काम नपाएर बसेका कयौं मान्छेहरू सम्झें। आफ्नो पछि दौडिने दुई चार जनाबाहेक अरुको जिन्दगीको लागि न त नेताले सोचें न त देशले नै केही सोच्यो। परदेशमै गएर भए पनि जीवनमा खुसी खोजिरहेका भीडमा म पनि थपिने निर्णय गरें।

बेशिसहर गएर पासपोर्ट बनाएर ल्याएँ र प्रकाश दाइलाई बुझाएँ।

‘दुई महिनापछि म साउदी पुगें। सानातिना सपनाहरू सँगाल्दै। भनेकै कम्पनीमा हेल्परको काम गर्न सुरु गरें। धेरै देशका कामदारहरू थिए। ब्राजिलियन केटी मेरो साथी भएकी थिई। उस्तै उमेर, उस्तै पीडा थियो हाम्रो। म भर्खर वयस्क उमेरमा लाग्दै थिएँ।

आफैंलाई पूर्ण रुपमा फक्रिएँझै लाग्थ्यो। राम्री भनेर पछि लाग्ने पनि उतिकै हुन्थे। झन् नराम्रो नजरले हेर्नेहरु त कति पो भेटें! राम्री भएकोमा आफैंलाई धिक्कार्दै कति चोटि डाँको छाडेर रोएँ। सुनिदिने पो को थियो र परदेशमा! त्यहाँ हामीजस्ता कयौंले भोगेको दर्दनाक पीडाको कथा कसले पो लेख्न सक्ला र?,’ उनी रोकिइन् एकछिन्।

‘तिमीले सक्यौ भने मेरो कथा लेखिदिनु।’

हृदय नै मलाई सुम्पिएझै प्रेमिल आवाजमा बोलिन्। 

म केही नबोली उनलाई हेरिरहें। उनी बोल्दै गइन्।

अहिले बहिनी बिएस्सी पढ्दैछे। भाइ क्यानभास कलेजमा म्यानेज्मेन्ट पढ्दैछ। बाह्रमा। आमा पनि यहाँ हामीसँगै बस्नुहुन्छ। एक हप्तादेखि बिरामी भएर हस्पिटलमा हुनुहुन्छ। भाइ कुरुवा बसिरा’छ। उपचार राम्रै भइराखेको छ। दुई दिनपछि डिस्चार्ज गर्छ भनेको छ। आमालाई रोगको भन्दा बढी मेरो चिन्ता छ।

‘अब तैले बिहे गर्न ढिलो गर्नुहुन्न। अमेरिका, अष्ट्रेलिया, युरोप गएको भनेपछि मरिहत्ते गर्छन् यहाँ तर अरब कतार गएकोसँग कसले बिहे गर्छ?,’ आमाको एउटै चिन्ता थियो।

हुन पनि, समाजले मेरो इमान, इज्जत, दुख, संघर्षलाई भन्दा बढी कुन देशमा काम गरें भनेर तौलिन्थ्यो। तर सबै मान्छे उस्तै कहाँ हुन्छन् र? आमालाई पनि सुनाएको थिएँ सुवासको कथा।

साउदीको कम्पनीमै काम गर्दागर्दै मलाई फेसबुकमा सुवासको फ्रेन्ड रिक्वेस्ट आएको थियो। डिप्लोमा इन्जिनियरिङ गरी बेल्जियममा पुगेको रहेछ। मान्छे हल्का कालो अग्लो थियो। राम्रो देखिन्थ्यो। राम्रो कमाइ थियो, उसको। घर तनहुँ, मेरो सानीआमाको छिमेकी रहेछ। सानीआमाकोमा, म एसएलसी सकेर गएको थिएँ। त्यतिबेलै मलाई मन पराएको रे! हाम्रो कुराहरू अगाडि बढ्दै गयो। मलाई पनि उसको व्यवहार, मान, सम्मान एकदम मन परेको थियो।

अरेबियन देशमा काम गर्छु भन्दा हेयले हेर्ने कयौं थिए तर उसले मलाई त्यस्तो अनुभव हुनै दिएन। विस्तारै उसलाई मनमा सजाउँदै गएँ। उसको लागि म पूर्ण समर्पित हुँदै गएँ। दुःखको हुण्डरीमा हराउँदा-हराउँदै प्रेममा परेकै रहेनछु, उसको प्रेमले जीवनको अद्भूत पाटो नै खोतली दियो। प्रेमको विशालतम् छहारीमा आफूलाई झन् झन् हुर्किंदै गएको पाएँ।

पाँच वर्षपछि पोहोर नेपाल फर्किएँ। यहाँ गोङ्गबुमा एउटा फल्याट भाडामा लिएर ब्यूटी पार्लर खोलें। राम्रोसँग काम भइरहेको थियो। भाइले बिहान हेर्थ्यो र दिउँसो कलेज जान्थ्यो। म दिनभर हुन्थें। काम गर्ने मान्छेहरू पनि राखेको थिएँ। अरु एक दुई ठाउँमा पनि पार्लर खोल्ने योजना बनाइराखेको थिएँ।

ऊ पिआरको लागि भन्दै थप एक वर्ष बस्न खोज्दै थियो।

‘छोड्देउ पिआरको चक्कर,’ मैले कर गरेर बोलाएँ।

ऊ चार महिनाअघि मात्र नेपाल आइपुग्यो। हामीले सजाएका सपनाहरू पूरा हुँदै थियो। एक हप्ता काठमाडौं, भक्तपुरका धेरै ठाउँहरू घुमघाम गर्‍यौं। मेरो ब्यूटी पार्लरमा पनि ऊ आइराख्थ्यो।

‘अब छिट्टै बिहे गर्ने हामी, मैले घरमा पनि भनिसक्या छु,’ सुनाउँथ्यो मलाई। ऊ

मलाई एकछिन छोड्न नसक्ने भएको थियो। उसँग पूर्ण समर्पित हुन आतुर थिएँ म पनि।

तर, ऊ आएको पन्ध्र दिनपछि बिरामी परेर म हस्पिटलमा भर्ना भएँ। दुई-चार दिन हुँदै हप्ता दिनसम्म पनि बिराम कम भएन, झन् बढ्यो। ऊसले खुबै ख्याल राख्यो। रातदिन मलाई कुरेर बस्थ्यो। मेरो अवस्था झन बिग्रिंदै थियो। के भएको डाक्टरहरुले पत्ता लगाउन सकेका थिएनन्। बाँच्दिनजस्तो लाग्थ्यो। एकदम कमजोर थिएँ म।

आफैंसँग हारेको थिएँ त्यतिबेला। अहिलेजस्तो कहाँ हुनु! बिरामी भएपछि बाहिरी सौन्दर्यमात्र देख्नेहरूको लागि म थिइन्। एक अस्थिपञ्जर मात्र थियो त्यहाँ।

विस्तारै सुवास मबाट टाढा जाँदै थियो। भेट्न पनि कहिलेकाहीँ आउन थाल्यो। हस्पिटल बसेको एक महिनापछि त आउनै छाड्यो। उसलाई फेसबुक, भाइबर सबैतिर खोजें, फोन गरें कतै भेटिनँ। हस्पिटलबाट लगभग दुई महिनापछि फर्कें। फेरि उस्तै हुन्छ जस्तो लाग्थ्यो। अहिले आफैंलाई हेर्दा पनि ठूलो लडाइँ जितेर आएको यौद्धाझैं लाग्छ।

एउटा लडाइँ त जितें तर अर्को लडाइँमा पछारिएँ। हस्पिटलमै  छोडेर गएको उसले अहिलेसम्म एकचोटि पनि सम्झिँएन। ऊ त डिपेन्डडेन्ट भिसामा बिहे गरेर अष्ट्रेलिया गइसकेछ। उसको दिदी भिनाजुसँगै अष्टेलियामा बस्ने रहिछ केटी।

कति सजिलै मलाई बिर्सिएर अरुलाई अँगाल्न सकेको। साँच्चै कति धेरै निष्ठुरी। कति स्वार्थी प्रेम, बाहिरी आकर्षणमा टिक्ने। वर्षौंको प्रगाढ सम्बन्ध भन्नु पनि नाटक नै रहेछ। मेरो हुन नसके पनि सम्झिन त सक्थ्यो नि!

मैले त उसलाई अझै पनि उतिकै प्रेम गरिरहेकी छु। मेरो प्रेम अजर अमर नै रहनेछ। उसँगको एकऔएक पल बिर्सन सक्दिनँ। तर, उसको सम्झना लिएर म कति पीडा थपूँ? बिर्सिन खोज्दैछु म।

‘तिमीलाई देखेपछि म उसलाई बिर्सिन सक्छु। उसको प्रेम भुल्न सक्छु। म आफूलाई हलुका महसुस गर्न सक्छु। तिमी मबाट टाढा नजाउ है,’ उनीले थकित आवाजमा बोल्दै ममाथि विश्वास पोखिन्।

‘तिमी आइराख्न सक्छौं नि मेरोमा?,’ सोधिन्।

‘सकिनँ भनें?,’ मैले भनें।

‘तिमी पनि उस्तै त हो नि। उनको आखाँबाट आँशु बर्बरी खस्न थाल्यो। म नै यस्तै हो, मेरो कर्म नै यस्तै,’ उनको उज्यालो चेहेरा एकाएक अध्याँरो भयो। उनी भक्कानिइन्।

‘भयो अब म बोल्दिनँ। तिमी जाउ,’ उनी रुँदै मलाई उठाएर ढोकासम्म पुर्‍याइन्।

म आफैंलाई खुम्च्याउँदै निस्किएँ घरबाट। उनी किन एकाएक त्यस्तो भक्कानिन्, सोच्न पनि भ्याइनँ। उनको पीडाको सारथि हुन्छु भन्नसमेत सकिनँ। उसले छाडे पनि म छु भनेर उनको हात समातेर भन्न सकिनँ। हुन त उनको सुवाससँगको प्रेम अजर अमर थियो। उसको प्रेमलाई म भुलाउनसम्म सक्थें तर मेटाउन सक्दिनथें।

मनभरि बादलहरू ठोक्किए। कहिले आँसु बनि बाहिर आयो त, कहिले मुटुभित्रै चट्याङ परिरह्यो।  

दिनभर कुनै जोश नै रहेन। कोठामा पनि गइनँ। बानियाँटारमाथिको चौतारोमा गएँ। दिनभर त्यहीँ बसें। बेलुका त्यहीँ नजिकै पसलमा रोटी तरकारी खाएर कोठामा फर्किएँ।

भोलिपल्ट कलेजको प्रोजेक्टको लागि सिन्धुपाल्चोक जानैपर्ने थियो, सेमेस्टरका सबै विद्यार्थी। म बिहानै निस्किएँ। ध्यान सबै उनमै थियो। एक हप्तापछि काठमाडौं फर्किएँ। कोठाका पुगेर फ्रेस भएर बेलुका ७ बजेतिर उनको कोठामा गएँ। ढोकामा ताल्चा लगाएको रहेछ। भर्‍याङबाट झर्दै थिएँ, उनको घरभेटीलाई भेटें।

‘आमा, खै त यहाँ बस्ने युनिशा?,’ सोधें।

मैले बोल्न नपाउँदै मुख अमिलो बनाउँदै भनिन्, ‘बाबु तिमीले थाहा पा’छैनौं? तीन दिन भयो बितेको। क्यान्सर लाग्या रहिछ। थाहा पाउन नै ढिलो भएछ। त्यस्तो उमेरमै दैव नि कस्तो निष्ठुरी।’

त्यसपछि उनले के-के भनिन् मैले सुन्दा पनि सुनिनँ।

म आफैंलाई सम्हाल्न सकिनँ। थचक्क सिढीँमा बसें। आफ्नो ज्यान नै भारी भयो। जीवनको अन्तिम क्षणमा, उनको साथ दिन नसक्दा ग्लानीले भरियो ज्यान। तिमीले सक्यौ भने मेरो कथा लेखिदिनु भनेको कानमा गुन्जिरहयो।

उनीले भोगेका अनेकौं पीडाको पोको उनीसँगै कति गाँठो परेर बस्यो होला। म अनुत्तरित थिएँ। माफ गर, युनिसा, फेरि पनि तिमीले साथ पाइनौं। मैलै प्रायश्चित गरिरहें। उनले जीवन र प्रेम दुवै युद्धमा हारेको साक्षी मात्र बनें म।

प्रकाशित मिति: शनिबार, भदौ १३, २०७७  १३:०६
सिफारिस
पूर्वमन्त्री गुप्ताविरूद्ध थुनछेक बहस चलिरहेको लिची बारी भ्रष्टाचार प्रकरण के हो?
पूर्वमन्त्री गुप्ताविरूद्ध थुनछेक बहस चलिरहेको लिची बारी भ्रष्टाचार प्रकरण के हो?
रवि लामिछानेको ३० लाख जमानत बसिदिने मनोहर प्रधान रास्वपाको समानुपातिक सूचीमा
रवि लामिछानेको ३० लाख जमानत बसिदिने मनोहर प्रधान रास्वपाको समानुपातिक सूचीमा
'दैनिकी' ल्याउनुस्, हुँदैन केलाउने–पखाल्ने झन्झट!
'दैनिकी' ल्याउनुस्, हुँदैन केलाउने–पखाल्ने झन्झट!
नयाँ वर्षको एउटा नयाँ तस्बिर
नयाँ वर्षको एउटा नयाँ तस्बिर
दाउन्नेदेखि दुम्किबाससम्म जाम, लाइनमा छन् १५ सयभन्दा बढी गाडी (तस्बिरहरू)
दाउन्नेदेखि दुम्किबाससम्म जाम, लाइनमा छन् १५ सयभन्दा बढी गाडी (तस्बिरहरू)
राजमार्गमा पल्टेको एउटा ग्यास ट्यांकर हटाउन किन लाग्यो २४ घन्टा?
राजमार्गमा पल्टेको एउटा ग्यास ट्यांकर हटाउन किन लाग्यो २४ घन्टा?
Arghakhachi
Arghakhachi
Ntc
Ntc
vianet Below Content Banner 2
vianet Below Content Banner 2
classic teach banner 4
classic teach banner 4
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

चिसो रात!
हात्तीको देशप्रेम!
भोजभन्दा ठुलो उपहार!
देशलाई अलिक सन्चो छैन!
अनि ऊ जहाज चढी!
हामीले नजन्माएको प्रेमलाई किन यति धेरै दण्ड?
ime money transfer
ime money transfer
Himalayan bank
Himalayan bank

विचार

केशव दाहाल
जंक फुडजस्तो जंक पोलिटिक्स केशव दाहाल
नारायण वाग्ले
नयाँ वर्षको एउटा नयाँ तस्बिर नारायण वाग्ले
प्रकाश रेग्मी
संघीयता महँगो कि राज्यले गर्ने खर्च गैरजिम्मेवार? प्रकाश रेग्मी
रमेश अधिकारी
बंगलादेशको जस्तो कहालीलाग्दो ठाउँमा नपुगोस् नेपाल रमेश अधिकारी
garima bikash bank
garima bikash bank
Everest bank
Everest bank

ब्लग

अर्जुन अर्याल
अँ के, म त बैंकर पो! अर्जुन अर्याल
National life inner
National life inner
नकुल चौलागाईं
कोही किन छुट्छन्? नकुल चौलागाईं
अर्जुन मोहन भट्टराई
कम्पनीले इमानदार होइन, स्मार्ट कर्मचारी रोज्छन्! अर्जुन मोहन भट्टराई
होमनाथ न्यौपाने
स्वर्गको घर! होमनाथ न्यौपाने

साहित्यपाटी

नवराज जोशी
हात्तीको देशप्रेम! नवराज जोशी
Hardik
Hardik
अर्जुन कोन्दा
भोजभन्दा ठुलो उपहार! अर्जुन कोन्दा
side bar 17- shivam inner
side bar 17- shivam inner
राजन सुवेदी
देशलाई अलिक सन्चो छैन! राजन सुवेदी
नारायणप्रसाद सापकोटा
अनि ऊ जहाज चढी! नारायणप्रसाद सापकोटा

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल
महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP