माया चाहिँ लाग्छ अरे,
सम्बन्ध चाहिँ निभाउने हो रे!
माया भए पो मनैले गर्नु 
सम्बन्धमा त 
हस् हजुर नमस्ते,
सन्चै, आरामै मात्र सोध्नका लागि
दुःख बिमार नै परेपनि
खास फरक पर्दैन रे।
कहिले यति नजिक भएछौ कि 
सँगै हुँदा पनि पर धेरै पर
माया सायद यस्तै होला
मन बबुरोले पो नबुझेर
बोल्दै नबोली बुझ्ने सबैलाई 
अहिले बुझाउँदा पनि गलत हुनुपर्ने
सायद स्नेह नै पो सकिएर
माया छचल्किने हाउभाउ
लाग्छ आज सुख्खा रित्तिएर।
औपचारिकता र चियापान मात्र
भलाकुसारीलाई त
थाङ्ने गफ अरे, त्यही थाङ्ना
हो त्यही, २-४ करोड भए त
कहाँ त्यसमा सुते र हुने!
जरा बिर्सिए झर्ने
जरा कुहिए लड्ने
वाह रे! विधिको विधान
सुखको उन्मादमा सब बिर्सने
कुमालेको चक्र र कलियुग
यो जुनीको यही तिर्नुपर्ने
तैपनि तेरो र मेरो 
माला सधैँ जप्नुपर्ने।
नाङ्गै आउने नाङ्गै जाने 
बुझ्दा-बुझ्दै 
कविशिरोमणिको कृति झैँ
मै खाउँ, मै लाउँ
र
सुखसयल मै गरुँ भन्नुपर्ने।।
नाङ्गै आउने नाङ्गै जाने 
बुझ्दा-बुझ्दै 
कविशिरोमणिको कृति झैँ
मै खाउँ, मै लाउँ
र
सुखसयल मै गरुँ भन्नुपर्ने।