पूर्वमन्त्री एवम जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीले राजनीति ठीक नभए राज्यमा निरंकुश र तानाशाही प्रवृत्ति हावी हुने बताएका छन्।
नवलपरासी बर्दघाट सुस्ता पश्चिम निर्वाचन क्षेत्र नंं. १ अन्तर्गत बर्दघाट नगरपालिकाको वडाहरूमा भएको संयुक्त भेला तथा घरदैली चुनावी अभियानका क्रममा भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
अध्यक्ष त्रिपाठीले राजनीति ठीक नभए र धनको हावी भएमा युवाहरूको राजनीतिक भविष्य समेत समाप्त हुने जिकिर गरे।
उनले आफू जीवनको अन्तिम पटक निर्वाचन लड्दै गरेको भन्दै अन्तिम पटक मतदातासँग भिक्षा मागेको बताए।
अध्यक्ष त्रिपाठीले आफूले मागेको भिक्षा निर्वाचन क्षेत्रका जनताको प्रतिष्ठा, इज्जत, स्वाभिमान र सम्मानका लागि भएको बताए।