उज्यालो नेपाल पार्टी घोषणा सभामा सुमना श्रेष्ठ पनि उपस्थित भएकी छन्।
मन्त्री कुलमान घिसिङको उपस्थितिमा आज प्रज्ञा भवनमा उज्यालो नेपालले औपचारिक घोषणा कार्यक्रम गरिरहेको छ।
पार्टी घोषणा सभा चलिरहेका बेला पूर्वप्रतिनिधि सभा सांसदसमेत रहेकी सुमना कार्यक्रम स्थल पुगेकी हुन्।
उनी मन्त्री घिसिङसँगै मञ्चको लहरमा बसेकी छन्।
सुमना उज्यालो नेपाल पार्टीसँग आबद्ध भएकी हुन् वा शुभकामना दिन मात्रै गएकी हुन् भन्नेबारे अहिलेसम्म खुलेको छैन।
रास्वपा परित्याग गरेकी सुमना केही समय अघिसम्म घिसिङसँगै पार्टी गठन प्रक्रियामा थिइन् तर उनले घिसिङलाई अघि बढ्न शुभकामना दिएकी थिइन्।
तस्बिरहरू:
-ink-1764753598.jpeg)
-ink-1764753598.jpeg)
-ink-1764753596.jpeg)
-ink-1764753595.jpeg)
-ink-1764753593.jpeg)
-ink-1764753593.jpeg)
-ink-1764753592.jpeg)
-ink-1764753592.jpeg)