प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य बिमा कार्यक्रममा देखिएका समस्या समाधानका लागि छलफल सुरू गरेकी छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा छलफल सुरू भएको छ।
केही अघिदेखि देशका विभिन्न भागमा रहेका अस्पतालहरूले स्वास्थ्य बिमाबापतको रकम स्वास्थ्य बिमा बोर्डले भुक्तानी नदिँदा सेवा बन्द गर्ने निर्णय गरिरहेका छन्।
स्वास्थ्य सेवा प्रदायक संस्थाहरूले लामो समयदेखि बिमाबापत रकम नपाउँदा सेवा प्रवाह गर्न कठिन भएको जनाएका छन्।
स्वास्थ्य बिमा बोर्डका अनुसार देशभर सूचीबद्ध स्वास्थ्य संस्थालाई १० अर्बभन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ।
तस्बिरहरूः
-ink-1770197445.jpeg)
-ink-1770197445.jpeg)
-ink-1770197445.jpeg)
-ink-1770197445.jpeg)
-ink-1770197444.jpeg)
-ink-1770197444.jpeg)
-ink-1770197444.jpeg)
-ink-1770197444.jpeg)
-ink-1770197444.jpeg)
-ink-1770197444.jpeg)