मधेस प्रदेशका मुख्य न्यायाधिवक्तालाई पदबाट हटाइएको छ।
नवगठित प्रदेश सरकारले मुख्य न्यायाधिवक्ता सुरेन्द्र कुमार महतोलाई पदमुक्त गरेको हो।
मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मुख्य न्यायाधिवक्ता सुरेन्द्र महतोलाई पदमुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले जानकारी दिए।
नेपालको संविधानको धारा १६० को उपधारा (४) (ख) बमोजिम मंसिर २१ गतेदेखि लागू हुने गरी मुख्य न्यायाधिवक्ता सुरेन्द्रलाई पदमुक्त गरिएको उनले बताए।