नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आज पार्टी केन्द्रीय कार्यालय च्यासल पुगेर छुट्टै दस्तावेज दर्ज गराएका छन्।
महासचिव शंकर पोखरेललाई भेटेर ईश्वरसहित नेताहरूले दस्तावेज दर्ज गराएका हुन्। यो दस्तावेज मंसिर २७ देखि सुरू हुने ११ औं महाधिवेशनमा छलफल गराउने तयारीमा संस्थापनइतर पक्ष छ।
उक्त दस्तावेज बुझ्दै महासचिव पोखरेलले सचिवालय बैठकमा बुझाएको भए पनि हुन्थ्यो भनेका थिए।
‘सचिवालय तहको बैठकमा बुझाएको भए पनि हुन्थ्यो नि!,’ महासचिव पोखरेलले भनेका थिए।
दस्तावेज सञ्चार माध्यमहरूमा प्रकाशित गरिसकेर पार्टीलाई बुझाउन ल्याइएको भन्दै आलोचना पनि भएको थियो।
उपाध्यक्ष सुरेन्द्र पाण्डेले विधिअनुसार पार्टीमा दस्तावेज दर्ज गरिएको बताए।
एमाले महाधिवेशनमा ईश्वर अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने तयारीमा छन् भने अहिलेका अध्यक्ष केपी शर्मा ओली पनि अध्यक्ष पदमा प्रतिस्पर्धा गर्दैछन्।
दस्तावेज दर्ज गरेपछि वरिष्ठ उपाध्यक्ष पोखरेलले महाधिवेशनमा पार्टीका तर्फबाट प्रस्तुत हुने दस्तावेजमा आफूहरूले अघि सारेका विषयहरू पनि समेटियोस् भनेर बुझाइएको बताए।
‘यो कुरा पार्टी अध्यक्षजीलाई जानकारी गराइसकिएको थियो, त्यहाँ जान अनुकूल परेन त्यसैले पार्टी कार्यालयमै बुझाएको,’ उनले भने।
तस्बिरहरू:
-ink-1765186574.jpeg)
-ink-1765186573.jpeg)
-ink-1765186573.jpeg)
-ink-1765186572.jpeg)
-ink-1765186572.jpeg)
-ink-1765186572.jpeg)
-ink-1765186572.jpeg)
-ink-1765186570.jpeg)
-ink-1765186570.jpeg)
-ink-1765186569.jpeg)
-ink-1765186569.jpeg)
-ink-1765186568.jpeg)
-ink-1765186568.jpeg)
-ink-1765186567.jpeg)
-ink-1765186567.jpeg)