नेकपा एमालेको नेतृत्वका लागि चितवनका १२ जना नेताहरू प्रतिस्पर्धामा छन्।
रामबहादुर थापा ‘बादल’ उपाध्यक्ष र सुरेन्द्र पाण्डे महासचिव पदका लागि प्रतिस्पर्धामा छन्।
थापा केपी शर्मा ओली र पाण्डे ईश्वर पोखरेल समूहमा छन्।
त्यस्तै केन्द्रीय सदस्य बन्न चितवनका १० नेताहरू प्रतिस्पर्धामा छन्।
पूर्वपोलिटब्युरो सदस्य देविप्रसाद ज्ञवाली, पूर्वकेन्द्रीय सदस्यहरु पार्वती रावल, कृष्णभक्त पोखरेल, जगन्नाथ थपलिया, यमबहादुर परियार, कपिलप्रसाद पोखरेल, प्रभा बराल, पूर्व जिल्ला अध्यक्ष रामप्रसाद न्यौपाने, युवा नेता निशा अधिकारी र अर्का नेता पुरुषोत्तम न्यौपानेले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्।
रावल महिला खुल्लाबाट, न्यौपाने बागमती प्रदेश खुला, अधिकारी बागमती प्रदेश युवा, बराल बागमती प्रदेश महिलाबाट उम्मेदवार बनेका हुन्। बाँकी सबै खुल्ला केन्द्रीय सदस्यमा उम्मेदवार बनेका हुन्।
चितवनका कृष्णप्रसाद भुर्तेल र कृष्णप्रसाद सिलवालले अनुशासन आयोगको सदस्य पदमा उम्मेदवारी दिएका छन्।