एमालेको ११ औं महाधिवेशन अन्तर्गत धमाधम मतदान भइरहेको छ।
बिहान साढे ९ बजेदेखि मतदान सुरू भएकोमा साढे ११ बजेसम्म साढे ३ सय मत खसेको छ।
प्रतिनिधिहरूलाई मतदानका लागि औसतमा ३५ मिनेट लागेको छ।
महाधिवेशनमा २ हजार २६२ प्रतिनिधिले मतदान गर्नेछन्।
१९ पदाधिकारी, ३०१ केन्द्रीय सदस्य, तीनवटा आयोगका पदाधिकारी र सदस्यमा प्रतिनिधिहरूले मतदान गर्नेछन्।
मतदानका लागि ८० वटा विद्युतीय भोटिङ मेसिन राखिएको छ।
भित्र मतदान भइरहँदा बाहिर उम्मेदवारको प्रचार पनि भइरहेको छ।
उम्मेदवार र उम्मेदवार नभएका नेता र प्रतिनिधिहरूले लाइनमा रहेका प्रतिनिधिहरूसँग मत मागिरहेका छन्।
तस्बिरहरूः
-ink-1765951200.jpeg)
-ink-1765951200.jpeg)
-ink-1765951199.jpeg)
-ink-1765951199.jpeg)
-ink-1765951198.jpeg)
-ink-1765951198.jpeg)
-ink-1765951198.jpeg)
-ink-1765951198.jpeg)