नेकपा एमालेको जारी ११औं महाधिवेशनमा सबभन्दा पहिला मतदान गरेका अध्यक्षका प्रत्यासी केपी शर्मा ओलीलाई भोट खसाल्न ४० मिनेट लागेको थियो।
भोट हालेर मतदान स्थलबाट बाहिर निस्केपछि उनी बाहिर भेला भएका कार्यकर्तासँग संक्षिप्त कुराकानी गर्दै, हात मिलाउँदै र फोटो खिचाउँदै हिँडका थिए।
उनीसँग भेट्न, फोटो खिचाउन र कुराकानी गर्न कार्यकर्ताहरूको भिड जम्मा भएको थियो।
ओलीले आफ्नो अगाडि देखिएका सबैजसो व्यक्तिसँग मुसुमुसु हाँस्दै साक्षात्कार गरेका थिए। सेल्फी लिन चाहनेसँग सेल्फी पनि खिचाएका थिए। हात मिलाउन चाहनेसँग हात मिलाएका थिए।
बिहान ९ बजे सुरू हुने भनिए पनि केही ढिला सुरू भएको मतदानमा अहिलेसम्म ३५० जनाभन्दा बढी मतदान गरिसकेका छन्। आज राति १० बजेसम्म मतदान सकिने बताइएको छ।