प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले शपथ लिएका छन्।
शुक्रबार मध्याह्न १२:३४ बजे प्रधानमन्त्री शाहले शपथ लिएका हुन्।
उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन्।
प्रधानमन्त्री शाहको शपथअघि सात जना ब्राह्मणले शंखनाद गरेका थिए।
त्यस्तै १०८ बटुकहरूले स्वस्तिवाचन र १६ भिक्षुहरूले अष्टमंगल पाठ गरेका थिए।
त्यसपछि राष्ट्रपति पौडेलेले शपथ गराएका हुन्।
शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वराष्ट्रपति रामवरण यादव, पूर्वउपराष्ट्रपति परमानन्द झा, पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल 'प्रचण्ड', झलनाथ खनाल, माधवकुमार नेपाल र बाबुराम भट्टराई, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी सहभागी थिए।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा विदेशमा छन्। एमाले अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सहभागी थिएनन्।
शपथ ग्रहण कार्यक्रममा सरकारका उच्च पदस्थहरूको सहभागिता थियो।
तस्बिरहरूः
-ink-1774596198.jpeg)
-ink-1774596197.jpeg)
-ink-1774596195.jpeg)
-ink-1774596193.jpeg)
-ink-1774596192.jpeg)
-ink-1774596192.jpeg)
-ink-1774596193.jpeg)
-ink-1774596193.jpeg)
-ink-1774596199.jpeg)
-ink-1774596197.jpeg)
-ink-1774596193.jpeg)
-ink-1774596196.jpeg)
-ink-1774596197.jpeg)
-ink-1774596199.jpeg)
-ink-1774596192.jpeg)
-ink-1774596192.jpeg)
-ink-1774596198.jpeg)
-ink-1774596198.jpeg)
-ink-1774596197.jpeg)
-ink-1774596196.jpeg)
-ink-1774596196.jpeg)
