नेकपा (एमाले)को केन्द्रीय कार्यालय च्यासलमा नेता कार्यकर्ताहरूको भीड छ।
अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि नेता कार्यकर्ताहरू च्यासलमा जम्मा भएका हुन्।
च्यासलमै सचिवालयको आकस्मिक बैठक बसेको थियो।
बैठकले आम जनसमुदाय, नागरिक समाजलाई साथ लिएर दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ।
प्रत्येक जिल्लाको सदरमुकाममा शनिबार अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने निर्णय भएको छ।
प्रत्येक जिल्लामा आइतबार चैत्र १५ गते १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी कार्यालयमा विरोधपत्र बुझाउने कार्यक्रम तय भएको छ। त्यस्तै लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग संवाद र सहकार्य गर्ने, नागरिक समाज र आम जनसमुदायसँग पनि सहकार्य गर्ने निर्णय गरेको छ।
बैठक सकिए पनि नेता कार्यकर्ताहरू छलफलमा छन्।
शनिबार बिहान चाबाहिल क्षेत्रमा एमाले कार्यकर्ताहरू सडकमा निस्किएका थिए।
तस्बिरहरूः
-ink-1774678259.jpeg)
-ink-1774678258.jpeg)
-ink-1774678258.jpeg)
-ink-1774678257.jpeg)
-ink-1774678257.jpeg)
-ink-1774678257.jpeg)
-ink-1774678257.jpeg)
-ink-1774678257.jpeg)