एमाले अध्यक्ष केपी शर्मा ओलीलाई रिहा गर्न माग गर्दै एमाले कार्यकर्ताहरूले काठमाडौंको बबरमहलमा प्रदर्शन गरेको छ।
शनिबार दिउँसो तीन बजेपछि माइतीघर क्षेत्रमा भेला भएका एमाले नेता कार्यकर्ताहरू नाराबाजी गर्दै बबरमहलतर्फ अघि बढेका थिए।
बबरमहलको मूल सडकमै प्रदर्शनकारीहरूले टायर बालेका थिए।
एउटा निजी गाडीको सिसा पनि फुटाएका छन्।
बबरमहलबाट प्रदर्शनकारीको एक समूह सिंहदरबारको दक्षिण गेटतिर लागेका छन्।
बाँकी त्यही क्षेत्रमा नाराबाजी गरिरहेका छन्।
आक्रोशित कार्यकर्ताहरूको भिडलाई नियन्त्रण गर्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
भिड नियन्त्रणको प्रयत्न गर्दा प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल पनि भएको थियो।
भीडमै घुसपैठ भएको भनेर एमाले कार्यकर्ताहरूले एक जनामाथि कुटपिट गरेका थिए।
एमालेको केन्द्रीय सचिवालय बैठक बसेरै अध्यक्ष ओलीलाई पक्राउ गरिएको घटनामा राजनीतिक र कानुनी प्रतिवाद गर्ने निर्णय गरेको थियो।
तस्बिरहरूः
-ink-1774693073.jpeg)
-ink-1774693073.jpeg)
-ink-1774693074.jpeg)
-ink-1774693074.jpeg)
-ink-1774693075.jpeg)
-ink-1774693076.jpeg)
-ink-1774693077.jpeg)
-ink-1774693078.jpeg)
-ink-1774693079.jpeg)
-ink-1774693079.jpeg)
-ink-1774693080.jpeg)
-ink-1774693078.jpeg)
-ink-1774693077.jpeg)
-ink-1774693076.jpeg)
-ink-1774693075.jpeg)