सिंहदरबारको दक्षिण गेटमा पुगेका एमाले कार्यकर्ताहरू सुरक्षाकर्मीबाट लखेटिएका छन्।
बबरमहलमा प्रदर्शन गरिरहेकोमध्ये एउटा टोली नाराबाजी गर्दै जिल्ला अदालततर्फको सडकबाट सिंहदरबार दक्षिण गेटतर्फ गएका थिए।
त्यहाँ खटाइएका प्रहरीले भिड तितरबितर पारेको थियो।
सिंहदरबार निषेधित क्षेत्र हो।
प्रदर्शनकारीहरू जम्मा भएर नाराबाजी गर्न थालेपछि प्रहरीले लाठी चार्ज गरी भिड हटाएको थियो।
लाठिचार्ज क्रममा एक एमाले कार्यकर्ता घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको छ। उनलाई कार्यकर्ताहरूले नै अस्पताल पुर्याएका छन्।
बबरमहल क्षेत्रमा पनि प्रदर्शन जारी छ।
एमालेको प्रदर्शनका कारण दिउँसोदेखि माइतीघर-बानेश्वर सडक खण्डमा सवारी साधन आवतजावत रोकिएको छ।
तस्बिरहरूः
-ink-1774694288.jpeg)
-ink-1774694288.jpeg)
-ink-1774694287.jpeg)
-ink-1774694287.jpeg)
-ink-1774694287.jpeg)
-ink-1774694287.jpeg)
-ink-1774694286.jpeg)
-ink-1774694286.jpeg)
