नेपाली कांग्रेसको संस्थापनइतर पक्षले काठमाडौंको धुम्बाराहीमा आज छलफल गरेका छन्।
निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले आज छलफल गरेको हो।
छलफलको नेतृत्व नेता पूर्णबहादुर खड्काले गरेका छन्।
चुनावी समीक्षा, पार्टीको आन्तरिक विषयलगायत छलफलका एजेन्डा रहेको नेताहरूले बताएका छन्।
छलफलमा नेता शेखर कोइराला, विमलेन्द्र निधि, शशांक कोइराला, प्रकाशमान सिंह, मीनेन्द्र रिजाल, डिना उपाध्याय, बलबहादुर केसी, एनपी साउद, श्यामकुमार घिमिरे, मोहनबहादुर बस्नेतलगायत सहभागी छन्।
साथै १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरू उपस्थित छन्।
देउवा पक्षले यो छलफललाई १४ औं महाधिवेशनबाट आएको कार्यसमिति बैठक भनेको छ।
गत पुसमा विशेष महाधिवेशन भएर गगन थापा नेतृत्वमा कार्यसमिति आएको थियो। त्यसबेला देउवा पक्ष विशेष महाधिवेशनमा सहभागी भएको थिएन।
विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएको विरोधमा देउवा पक्ष सर्वोच्च अदालत गएकोमा मुद्दा विचाराधीन छ।
कांग्रेसमा विशेष महाधिवेशनबाट आएको कार्यसमिति र विशेष महाधिवेशनमा सहभागी नभएको कार्यसमितिले समानान्तर गतिविधि गरिरहेका छन्।
छलफलमा देउवा भने अनुपस्थित छन्। उनी उपचारका लागि विदेशमा छन्।
तस्बिरहरू:
-1774942954.jpg)
-1774944387.jpg)
-1774944386.jpg)
-1774944386.jpg)
-1774944386.jpg)
-1774944386.jpg)
-1774942954.jpg)
-1774942955.jpg)
-1774942954.jpg)
-1774942954.jpg)
-1774942953.jpg)
-1774942953.jpg)
-1774942813.jpg)
-1774942814.jpg)
-1774942813.jpg)
-1774942813.jpg)
-1774942812.jpg)
-1774942594.jpg)
-1774942594.jpg)
-1774941464.jpg)
-1774941464.jpg)
-1774941462.jpg)
-1774941463.jpg)
-1774941464.jpg)
-1774941462.jpg)
-1774941462.jpg)
-1774941462.jpg)
-1774941461.jpg)
-1774941461.jpg)