राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन आयोजना गर्न पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा महाधिवेशन मूल आयोजक समिति गठन गरेको छ।
रास्वपाको महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा हुँदैछ।
मूल आयोजक समितिको सदस्यमा डा. स्वर्णिम वाग्ले, कविन्द्र बुर्लाकोटी, भूपदेव शाह, विपिन कुमार आचार्य, लिमा अधिकारी, बसुमाया तामाङ्ग, मनिष झा, श्री विराजभक्त श्रेष्ठ, दीपकराज बोहरा, गणेश पराजुली, सोबिता गौतम, शिशिर खनाल, हरि ढकाल, सरिता ज्ञवली, सागर ढकाल सदस्य छन्।
यस्तै सबै केन्द्रीय समितिको सदस्यहरू सदस्य रहेका छन्। सबै प्रदेश सभापतिहरू पनि सदस्य रहने महामन्त्री बुर्लाकोटीले जानकारी दिए।