प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री बालेन शाहले आइतबारको प्रतिनिधि सभा बैठकको रोस्ट्रमबाट दिएको अभिव्यक्ति तथ्यअनुसार छैन भने संसदमै आएर माफी माग्नुपर्ने बताएका छन्।
सिंहदरबारमा बसेको विपक्षी दलहरूको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै सचेतक राईले प्रधानमन्त्रीबाट 'राष्ट्रघाती' अभिव्यक्ति दिने कार्य भएको बताए।
‘नेपालले भारतको भूमि अतिक्रमण गरेको भनेर अभिव्यक्ति आयो यो गैरजिम्मेवार र राष्ट्रघातखालको अभिव्यक्ति हो,’ उनले भने, ‘यसको विषयमा प्रधानमन्त्रीलाई केही जानकारी पनि हुन सक्छ, कहाँ कहाँ मिचिएको छ भन्ने। यो कुरा आम नागरिकलाई पनि जानकारी हुनुपर्छ, यस्ता अभिव्यक्तिले मुलुकलाई राम्रो गर्दैन, त्यसैले संसदमै आएर माफी माग्नुपर्छ।’